FAQs Complain Problems

जन्म दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरु: 
  • १) निवेदन पत्र
  • २) बालकको बाबु/आमाको नागरिकता
  • ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • ४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी
प्रक्रिया: 
  • १) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले सूचना दिने
  • २) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
  • ३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
  • ४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।