सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरु:
- १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- २) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
- ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
- ४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
- ५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने
प्रक्रिया:
- १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- २) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- ३) निवेदन दर्ता गर्ने
- ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- ५) निवेदकले तोकिएको शुल्क बुझाउने
- ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने