सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरु:
- १) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- २) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- ३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- ४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
- ५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा)
- ६) बसाई सरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि
- ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
- ८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- ९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- १०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
प्रक्रिया:
- १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- २) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- ३) निवेदन दर्ता गर्ने
- ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
- ५) निवेदकले तोकिएको शुल्क बुझाउने
- ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
- ७) तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।