सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरु:
- १) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- २) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
- ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- ४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
- ५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने
- ६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो
प्रक्रिया:
- १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
- २) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- ३) निवेदन दर्ता गर्ने ४) निवेदकले तोकिएको शुल्क बुझाउने
- ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने